neapl investment mega bank
  • गृहपृष्ठ
  • आरविवि म्युचुअल फण्ड ! नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

आरविवि म्युचुअल फण्ड ! नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

Aug 27th, 2021

काठमाडौ, भदौ ११

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड !”नामको योजना नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचीकृत भएको छ । प्रतिइकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात एक अर्ब २५ करोड रुपैयाँ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बंैकिङ्ग लिमिटेड रहेको छ ।