काठमाडौं, ११ भदौ
ललितपुर, महालक्ष्मी नगरपालिका-३ महर्जन चोक बस्ने सुनिल महर्जनको घरमा अवैध रुपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय अनिल महर्जन लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार १ सय ८५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।