neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाका जनता फोहोर र हिलोमा डुब्दै, जनप्रनिधिहरु भने पोखराको डुङ्गामा तैरिदै

महालक्ष्मी नगरपालिकाका जनता फोहोर र हिलोमा डुब्दै, जनप्रनिधिहरु भने पोखराको डुङ्गामा तैरिदै

Aug 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं ११

ललितपुरको महाहलक्ष्मी नगरपालिकामा जनप्रतिनिधिको वेवास्ताका कारण महालक्ष्मी नगरवासीहरु फोहोर र हिलोमा हिड्न वाध्य भएका छन् । एक स्थानीय वासीका भनाई छ । हामीलाई हिडडुल तथा सवारी गुडाउन निक्कै समस्या भएको छ । विरामी पर्दा एम्बुलेन्स सम्म आवत जावत गर्न नसक्ने हुँदा सम्पूर्ण हामी नगरवासीहरु निक्कै चिन्तित भएका छौं ।

त्यस्तो समस्यालाई वेवास्ता गर्दै महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरु भने चितवन सौराहा, वाग्लुङ्ग, बन्दीपुर पोखरा अवलोकन भ्रमणको बहाना बनाई डुङ्गामा सयर गर्दै हिडेको पाइएको छ । एक स्थानीय भन्छन् यो देशमा तिन तहको सरकार छ भन्छन् खै कहाँ छ सरकार ? सरकार भएको भए । जनताले सहज हिडडुल गर्न विरामी पर्दा बेलैमा अस्पताल सम्म जान नपाएर अकालमा मर्नु पर्ने भो, कहाँ छ सरकार हँ?

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi