neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लोकप्रिय गायक टुहुरे रहनुभएन, प्रधानमन्त्रीबाट शोक व्यक्त

लोकप्रिय गायक टुहुरे रहनुभएन, प्रधानमन्त्रीबाट शोक व्यक्त

Aug 26th, 2021

काठमाडौँ, १० भदौ /रासस

‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।

स्थानीय बयोधा अस्पतालमा उहाँको निधन भएको हो । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो । उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्थ्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi