neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्कुटर चोरी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

स्कुटर चोरी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

Aug 26th, 2021

काठमाडौ, भदौ १०

ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न एक जनालाई स्कुटर चोरी गरि भाग्दै गर्दा पक्राउ गरेको छ । महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बा ७० प ५०५३ नम्वरको हरियो रंङको डिओ स्कुटर लिई हिडिरहेको अवस्थामा गोकर्णेश्वरको अर्याल गाउँबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिएकाछन ।

पक्राउ पर्नेमा सिराहा कर्जना नगरपालिका वडा नं. २ भुल्के घर भई काठमाण्डौ गौरीघाट बस्ने २४ वर्षिय अर्पण महत रहेको महाशाखाले जनाएको छ । उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्वर नयाँबस्ती बस्ने प्रविन श्रेष्ठले ९ गते अन्दाजी १२ बजे हराएको भनी हुलिया जानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको हो । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. परिबर्तन गर्ने अवसरको खोजी गर्दै हिडेको अबस्थामा दिउसो ४ बजे महत पक्राउ परेका हुन ।

स्कुटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कुटरसहित मानिसलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi