neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ३३ वर्षमा पनि सकिएन बबई सिचाई आयोजना, महालेखा भन्छ : आयोजना प्रमुखसँगको करार अनुगमन भएन

३३ वर्षमा पनि सकिएन बबई सिचाई आयोजना, महालेखा भन्छ : आयोजना प्रमुखसँगको करार अनुगमन भएन

Aug 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं १०

३३ वर्षअघि सुरु भएको बबई सिंचाइ आयोजना नै कहिले पूरा हुन्छ भन्ने टुंगो छैन । २ अर्ब ८७ करोड रुपैयाा लागत अनुमान गरिएको यो आयोजनामा साढे ८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

अब अरु बाँकि ४८ प्रतिशत काम गर्न अब ११ अर्ब रुपैयाा खर्च हुने अनुमान छ । विकास आयोजनामा मुआब्जा र रेखांकन विवाद, निकायगत समन्वय अभाव जस्ता समस्या पुरानै हुन् । तर समाधानमा प्रगति नभएकाले आयोजनाको अवधि र लागत बढेको बढ्यै गरेको छ । यो मात्रै होइन अन्य आयोजनाको पनि हालत यस्तै छ। सरकारले उच्च प्राथमिकता दिएर निर्माण अघि बढाउन लागेका र कति निर्माण सुरु भएका राष्ट्रिय गौरवका आयोजना २४ वटा छन् । तर, माथिल्लो तामाकोशी वाहेक कुनै पनि पूरा भएका छैनन् ।

पुष्पलाल मध्य पहाडी राजमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्यसहित २०६४/६५ मा सुरु भएको थियो । १४ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा ४६ अर्ब भन्दा बढी खर्च भइसकेको छ । तर भौतिक प्रगति ५० प्रतिशत पनि भएको छैन । लागत सात गुणा बढेर एक खर्ब नाघिसकेको छ । नया भाकामा पनि यी आयोजना पूरा हुने आधार छैन ।

त्यस्तै आर्थिक वर्ष २०६६/६७ मा सुरु हुँदा हुलाकी रागमार्गको लागत २० अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । तर लक्ष्य अनुसार काम हुन सकेन । १७ सय ८९ किलोमिटर लामो सडकको कालोपत्र र २ सय १९ वटा पुल निर्माण आर्थिक वर्ष २०७४/७५ सम्म सक्ने लक्ष्य थियो । तर ५४ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । जबकि अनुमानितभन्दा ७५ प्रतिशत बढी बजेट खर्च भइसकेको छ । यो आयोजना पूरा गर्न ६५ अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

निर्माणमा भएको ढिलाइले सीमित कर्मचारी र ठेकेदार मालामाल भइरहे पनि लक्षित समूह लाभान्वित हुन पाएको छैन । काममा विलम्ब गर्नेलाई कारबाहीको दायरामा पनि ल्याउन कर्मचारीहरुसँग गरिएको करार सम्झौता अनुगमन गर्नुपर्ने महालेखापरिक्षक कार्यालयले औल्याएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi