neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ब्रेमेरको पोस्टमा बायर्नको १२ गोल

Aug 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं १०

जर्मन कप फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।बुधबार राति भएको खेलमा बायर्न म्युनिखले १० खेलाडीमा सिमित पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन एरिक म्याक्सिमले चार गोल र जमाल मुसियालाले दुई गोल गरेका थिए ।

मलिक टिलमैन,लेरोय साने,माइकल कुइसन्स,बोना सर र कोरन्टिन टोलिसोले एक(एक गोल गरे ।

बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । ब्रेमेर एसभीका जान वार्मले खेलको २७ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

खेलको ७६ औं मिनेटमा ब्रेमेर १० खेलाडीमा समेटिएको थियो ।जसको फाइदा बायर्नले उठायो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi