काठमाडौ, भदौ ९
मुलुकै सिंगो पहिचानदिने एक मात्र पर्यटकीय क्षेत्र ठमेलमा सञ्चालन भईरहेको स्पा सेन्टरहरु मानव स्वास्थ्यलाई शारिक र मानसिक रुपमा स्फूर्ती बनाउने दोस्रो अस्पतालको रुपमा रहेको व्यवसायीहरुले बताएका छन् ।
स्पा थेरापी आर्युवेदिक र योगाको शैली अपनाएर उपचार गरिने एक विधी रहेको बताएको छ । आज ठमेल स्थित एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा स्पा संघ नेपालका अध्यक्ष शुभलाल थिङले मानिसको स्वास्थ्यलाई उर्जाशील र तन्दुरुष्ट बनाउने पेशाकोरुपमा लिनुपर्ने बताए । पछिल्लो समयमा स्पा क्षेत्रमा देखिएको विकृतिलाई न्यूनिकरण गर्न स्पा सेन्टरलाई मार्यदित र व्यवसायिक बनाउन सबै व्यवसायहरु लाग्नुपर्ने बताए ।
अध्यक्ष थिङले स्पा मनोरञ्जन क्षेत्र नभई स्वास्थ उपचार केन्द्रको रुपमा बुझ्न आग्रह गरे । कोभिड –१९ को मारमा परेका व्यवसायहरु मध्ये स्पा क्षेत्र पनि जटिल अवस्थामा पुगेको भन्दै सम्बन्धित निकायले यथाशिघ्र सञ्चालन गर्ने अनुमति दिनुपर्ने माग राखेका छन् । ‘कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कोभिड र निषेधाज्ञाका कारण घरमै बस्नु परेका दीर्घाकालीन रोगका विरामी र शारिरिकरुपमा व्यवयाम गर्न नपाउने व्यक्तिहरुका उपचारमा मानसिक र शारिरिक रुपमा स्वस्थब नाउने र सकारात्मक सोचको विकास गराउने भएकाले स्पाले महत्वपूर्ण भूमिका खेल्न सक्ने अध्यक्ष थिङको भनाई थियो ।
स्पा प्राकृतिकरुपमा गरिने उपचार पद्धति भएको उल्लेख गर्दै स्पा रोगीलाई निरोगी बनाउने विधि मात्र नभई, यो मानव शरीरलाई रोगमुक्त राख्ने कला र मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराई शरिरलाई रोगमुक्त राख्न सहयोग गर्ने उनले बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले स्पा व्यवसायीहरुको मागको सम्बोधन गर्दै थप व्यवस्थित र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसंग सहजीकरण गर्ने प्रतिवद्धतता गरे । उनले स्पाको नाममा विकृति ल्याउने र अपराधिक गतिविधि गर्नेहरुलाई निरुत्साहित बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए । प्रहरी संगठनकै केही व्यक्तिहरुलाई व्यवसायी गर्नेमाथि गरेको दुरव्यवहार बारे सम्बोधन गर्दै अब कुनै प्रहरीले गलत काम गर्छन् भने सिधै आफुलाई जानकारी गराउन जोकोही भएपनि कारवाही गरिने बताए । एसएसपी सिंहले कोभिडसंग लड्न सामुहिक सोचक साथ अघि बढ्न आग्रह गरे ।
हाल काठमाडौँभित्र ५२–६० प्रतिशत कोरोना संक्रमण दर रहेको उल्लेख गर्दै त्यसको न्यूनिकरणमा सबै नागरिक जिम्मेवारी बन्नुपर्ने बताए । प्रहरीले सार्वजनिक ठाउँहरुमा सचेतनाअभियानगर्दै आएको र स्वास्थ्यको मापदण्ड अपनाएर आफ्नो पेशाव्यवसाय गरेमा कोरोना संक्रमण दर कमहुदै जाने बताए । त्यस्तै कार्यक्रममा ठमेल व्यवसायी विकास कोषका उपाध्यक्ष राजुमान डंगोलले सबै क्षेत्रमा भिडबाड पसल तथा व्यवसाय सञ्चालन गर्न दिने र ठमेल क्षेत्रलाई सौतेनी आमाको सन्तानकोरुपमा हेरेको भन्दै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका थिए ।
व्यवसाय सञ्चालन गर्न नपाउँदाकरिव ४० हजार जनाले रोजगार गुमाउनुपर्ने स्थिति आएको उपाध्यक्ष डंगोलले बताए । कार्यक्रममा ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले स्पा व्यवसायमा मात्र १५÷१६ सय जनाले रोजगारबाट हात धुनुपर्ने अवस्था आएको बताए । उनले स्पा व्यवसायलाई उद्योगको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै मजदुर र व्यवसायीको रोजिरोटीमा सरकारले ध्यान दिनुपर्ने बताए ।