neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधवार थप २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण, १७८१ जना डिस्चार्ज, ४४ को मृत्यु

बुधवार थप २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण, १७८१ जना डिस्चार्ज, ४४ को मृत्यु

Aug 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ ९

बुधवार थप २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार २९० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ५२ हजार ८६३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार २९० जनाको परीक्षण भएको छ । हालसम्म ३८ लाख ५९ हजार १५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १७८१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १७८१ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख तीन हजार ९६४ पुगेको छ ।

थप ४४ को मृत्यु

पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६१२ पुगेको छ।