neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एरिक लामेलाको गोलमा सेभिया शीर्ष स्थानमा

एरिक लामेलाको गोलमा सेभिया शीर्ष स्थानमा

Aug 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ८ भदौ

स्पेनिस ला लिगा फुटबलमा सेभिया शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेभियाले गेटाफेलाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

सेभियालाई जित दिलाउन एरिक लामेलाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । लामेलाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

जितसँगै सेभियाले लगातार दोस्रो जित निकाल्दै छ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पराजित गेटाफे अंक विहीन तालिकाको १८ औं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi