neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लेस्टरलाई पराजित गर्दै वेस्ट ह्याम शीर्ष स्थानमा

लेस्टरलाई पराजित गर्दै वेस्ट ह्याम शीर्ष स्थानमा

Aug 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ८ भदौ

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले लेस्टर सिटीलाई पराजित गरेको छ ।सोमबार राति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सिमित लेस्टर सिटीलाई ४-१ गोलले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियोले दुई गोल गरे भने पाब्लो फर्नल्स र साउद बेनरामाले एक-एक गोल गरे ।लेस्टर सिटीका युरी टेलीमन्सले एक गोल फर्काए ।

खेलको २६ औं मिनेटमा पाब्लो फर्नल्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४० औं मिनेटमा लेस्टर सिटी १० खेलाडीमा सिमित बनेको थियो ।लेस्टर सिटीका आयोज पेरेज रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा वेस्ट ह्यामले उठायो ।

दोस्रो हाफको ५६ औं मिनेटमा साउद बेनरामाले गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर बनाए ।

खेलको ६९ औं मिनेटमा लेस्टरका युरी टेलीमन्सले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८० र ८४ औं मिनेटमा वेस्ट ह्यामका माइकल एन्टोनियोले गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्यामले लगातार दोस्रो जित निकाल्दै छ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पराजित लेस्टर सिटीको ३ अंक छ र तालिकाको १२ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi