neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लेभान्टेसँग बराबरीमा रोकियो रियल

Aug 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ भदौ

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियललाई लेभान्टेले ३-३ गोलको बराबरीमा रोकेको हो ।

खेलमा रियलको लागि भिनिसियस जुनियरले दुई गोल गरे भने ग्यारेथ बेलले एक गोल गरे।लेभान्टेको लागि रोजर मार्टि,जोसे क्याम्पाना र रोबर प्यायरले एक गोल गरेका थिए।

खेलको पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४६ औं मिनेटमा लेभान्टेका रोजर मार्टिले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ५७ औं मिनेटमा जोसे क्याम्पाना गोल गर्दै लेभान्टेलाई २-१ ले अघि बढाए ।

तर, खेलको ७३ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै २-२ को बराबरीमा ल्याए ।

खेलको ७९ औं मिनेटमा लेभान्टेका रोबर प्यायरले गोल गर्दै ३-२ ले अघि बढाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै रियलले २ खेलबाट चार अंक जोडेको छ र दोस्रो स्थानमा छ। लेभान्टेको दुई अंक छ र आठौं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi