neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • साउथह्याम्पटनसँग बराबरीमा रोकियो युनाईटेड

साउथह्याम्पटनसँग बराबरीमा रोकियो युनाईटेड

Aug 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ भदौ

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युनाईटेड र साउथह्याम्पटनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदानमा साउथह्याम्पटनले आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो ।युनाईटेडका फ्रेडले खेलको ३० औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

तर, खेलको ५५ औं मिनेटमा युनाईटेडका मेसन ग्रीनउडले पाउल पोग्बाको पासमा गोल गर्दै खेल
बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युनाईटेडको ४ अंक छ र पाँचौं स्थानमा छ। बिल्बाओको एक अंक छ र १३ औं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi