neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा

नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा

Aug 20th, 2021

काठमाडौ, भदौ ४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने एक जनालाई मोटरसाईकलसहित नियन्त्रण गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी. को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा नयाँबसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका–२, बोदल घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्ने वर्ष २२ को तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश३–०२– ०१० प ९४४६ खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल १० दिन अगाडिमात्र काठमाण्डौ, पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरीपाउँ भनि काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वोर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मादासले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi