neapl investment mega bank
  • गृहपृष्ठ
  • युगल पोटे«ट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि श्रेष्ठलाई

युगल पोटे«ट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि श्रेष्ठलाई

Aug 20th, 2021

काठमाडौ, भदौ ४

१८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेकाछन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् ।

फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पु¥याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाको का वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहनु भएको थियो ।

कार्यक्रममा माउन्टेन फोटोग्राफिका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगीता बाट नेपाली फोटोग्राफरहरुको व्यावसायीकतलाई महत्वपुर्ण सहयोग पुग्ने बताउनु भयो । अघिल्लो वर्ष फोटोपसलले कोभिड १९ फोटो प्रतियोगीता जनचेतनामुलक र फ्रन्ट लाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो ।

फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफर सम्मान र फोटोको मुल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागिहरुलाई निशुल्क तालिमको व्यवस्था गरेको छ । प्रतियोगीताको संचालन कार्यक्रम प्रस्तोता राजाराम गौतमले संचालन गर्नुभएको थियो ।