neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्षमा सापकोटा

नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्षमा सापकोटा

Aug 19th, 2021

नुवाकोट, ३ भदौ/रासस

नुवाकोट तेक्वान्दो सङ्घको चौथो जिल्ला अधिवेशनले पत्रकार शरणउत्सुक सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै बुधबार सम्पन्न भएको छ । सापकोटा नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं सञ्चार उद्यमी तथा सञ्चारकर्मी पनि हुनुहुन्छ ।

अधिवेशनबाट सङ्घका उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा शरण घले, कोषाध्यक्षमा रामचन्द्र तामाङ तथा सदस्यमा धुव्रकुमार रावल, शिव श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापा मगर निर्विरोध चयन हुनुभएको छ ।

वाग्मती प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष एवं नुवाकोट तेक्वान्दो सङ्घका संरक्षक एवं पर्यटन व्यवसायी सुमन पाण्डेले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई बुधबार शपथका साथ पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दैै स्वस्थ्य नागरिक उत्पादनका लागि खेलकूद गतिविधि बढाउन राज्यले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल तेक्वान्दो सङ्घ वाग्मती प्रदेशका अध्यक्ष केशव पुरीले राष्ट्रिय अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा नेपालको नाम राख्न र सबैभन्दा बढी पदक ल्याउन सफल तेक्वान्दो खेल र खेलाडीमा राज्यले लगानी गर्न नसक्नु दुर्भाग्य रहेको बताउँदै गाउँगाउँमा पालिकासँग समन्वय गरेर खेल गतिविधि अघि बढाउन कार्यसमितिलाई सुझाव दिनुभयो ।

प्रमुख प्रशिक्षक हरिहर पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिमान तामाङ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, नुवाकोट तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष धननारायण चित्रकार, निवर्तमान अध्यक्ष सुमन अधिकारीलगायतले तेक्वान्दो खेलले नुवाकोलाई चिनाएकामा गर्व गर्नुपर्ने बताउनुभयो ।

सत्ताइस वर्षअघि जिल्लामा स्थापित सङ्घको जिल्ला अधिवेंशन सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितिका सचिव सन्तोषी वैद्यका संयोजकत्वका गठित निर्वाचन समितिले गत साउन २८ गते निर्वाचन प्रक्रिया थालनी गरेर भदौ गते सम्पन्न गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi