neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान

विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान

Aug 19th, 2021

काठमाडौँ, ३ भदौ /रासस

एक सय ८२औँ विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौँ फोटोग्राफर सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।बानेश्वर पिपलबोटस्थित खुला स्थानमा आयोजित कार्यक्रममा १०० फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता थियो । कोभिड–१९ को सङ्क्रमणका कारण रगत नपाएर छटपटाइरहेकाहरूका लागि मानवीय सहयोगस्वरुप कार्यक्रम गरिएको सङ्घका अध्यक्ष मोती बोगटीले बताउनुुभयो ।

सोही अवसरमा आज साँझ राष्ट्रिय फोटो पत्रकार समूहले भर्चुअल माध्यमबाट ‘नेपालमा फोटो पत्रकारिताको वर्तमान अवस्था र मनोवैज्ञानिक चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दैछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi