neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

Aug 18th, 2021

काठमाडौ, भदौ २

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ् कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सिआईबीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौको साविक सेतीदेवी गा.वि.स वडा नं.४ घर भई हाल दक्षिणकाली न.पा. वडा नं.३ सोखेल बस्ने ४० बर्षिय समुन्द्र कशेर के.सी र काभ्रे धुलिखेल न.पा. वडा नं.२ हाल धुलिखेल न.पा.७ घर भई का.जि.का.म.न.पा. वडा नं –१५ डल्लु बस्ने ४८ बर्षिय श्याम प्रसाद धिनाजु श्रेष्ठ रहेकाछन ।

काठमाडौं साविक सेतीदेवी गा.वि.स वडा नं.४ हाल दक्षिणकाली न.पा. वडा नं.३ सोखेल बस्ने वर्ष ४० को समुन्द्र केशर के.सी र जिल्ला काभ्रे धुलिखेल न.पा. वडा नं.२ हाल धुलिखेल न.पा.७ घर भई का.जि.का.म.न.पा. वडा नं –१५ डल्लु बस्ने वर्ष ४८ को श्याम प्रसाद धिनाजु श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी क्रमशः सनराईज बैक र मेगा बैकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरि फरार रहेका निम्न प्रतिवादीहरुलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि क्रमशः सम्मानित काठमाडौं जिल्ला अदालत र सम्मानित भक्तपुर जिल्ला अदालत पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi