neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधवार थप ३ हजार ४०३ जनामा कोरोना सङ्क्रमण, २१०४ जना डिस्चार्ज, ४२ को मृत्यु

बुधवार थप ३ हजार ४०३ जनामा कोरोना सङ्क्रमण, २१०४ जना डिस्चार्ज, ४२ को मृत्यु

Aug 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २

बुधवार थप ३ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १६ हजार ८३८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ३९ हजार ९०७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ८३८ जनाको परीक्षण भएको छ । हालसम्म ३७ लाख ९१ हजार ६९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २१०४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २१०४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ८९ हजार १७३ पुगेको छ ।

थप ४२ को मृत्यु

पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३९६ पुगेको छ।