neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जर्मन सुपर कपको उपाधि बायर्नलाई

Aug 18th, 2021

काठमाडौँ, २ भदौ

बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने थोमस मुलरले एक गोल गरेका थिए । बोरुसिया डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता बायर्नले लिएको थियो । खेलको ४१औँ मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४९ औँ मिनेटमा थोमस मुलरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ६४ औँ मिनेटमा बोरुसिया डर्टमण्डका मार्को रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको ७४ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi