neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी शिखर्पामा समूह बचत तथा नेतृत्व बिकास तालिम सम्पन्न

गोदावरी शिखर्पामा समूह बचत तथा नेतृत्व बिकास तालिम सम्पन्न

Aug 17th, 2021

– बेबि राजभण्डारी

ललितपुर ,१ भदौ

गोदावरी नगरपालिका ,६ शिखर्पा बस्तीमा नगरकोटि तामन कृषि महिला समुहका ३० जना सदस्यहरुलाइ राष्ट्रिय आदिबासी जनजाति महिला मन्चको आयोजनामा समूह बचत तथा नेतृत्व बिकास सम्बन्धी दुई दिने तालिम दिइएको छ।

बिगत केही बर्ष देखि नगरकोटि समुदायका महिलाहरुको पहलमा कृषि पेसा काम गरिरहेका महिलाहरुको सहकार्यमा नगरकोटि तामन कृषि महिला बचत समूह गठन गरेको कार्यक्रम सम्योजक बिना नगरकोटिले आधारभूमि संवाददातालाई जानकारी दिइन।

कार्यक्रममा कृषिलाई ब्यवसायिकिकरन गर्न जोड दिइरहेको अवस्थामा महिलाहरुलाइ घरका साथै ब्यवसायमा लगाउन यस्ता कार्यक्रम फलदायी हुने रास्ट्रिय आदिवासी जनजाती महिला मन्चका प्रतिनिधि सनिला लामाले जोड दिइन।

कार्यक्रममा गोदावरी नगरपालिका वडा ६ का अध्यक्ष बिष्णुमान महर्जन, राष्ट्रिय आदिवासी जनजाति महिला मन्चका अध्यक्ष ,उपाध्यक्ष तथा प्रतिनिधि,उक्त तालिमको प्रशिक्षक गोदावरी सरोकारका अध्यक्ष बेबि राजभण्डारी लगायतको उपस्थितिमा सहभागिहरुले त्यहाँको समुदायमा प्रचलित ख्याली गीत प्रस्तुत गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi