neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी बैंकद्धारा १० हजार रुपैयाँ नगद राशी सहित कुमारी स्मार्ट लग ईन च्यालेन्ज सुरु

कुमारी बैंकद्धारा १० हजार रुपैयाँ नगद राशी सहित कुमारी स्मार्ट लग ईन च्यालेन्ज सुरु

Aug 16th, 2021

काठमाडौ,साउन ३२

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी कुमारी स्मार्ट लगईन च्यालेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्र मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले एक हजार रुपैयाँका दरले पुररस्कार प्राप्त गर्नेछन । यो अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १० हजार रुपैयाँ नगद प्राप्त गर्न सक्नेछन ।

यो अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू भएको एक महिना सम्म तल मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुदैंछ । यसको लागि कुुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण हेर्ने अथवा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्ने । बैंकले डिजिटल प्रणाली मार्फत सधै आफ्नो सेवाग्राहीहरुमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ साथै यस अभियानमार्फत डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परीस्थितिमा डिजिटल प्रविधिको प्रयोग द्घारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त छ ।

बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता बैंकले जनाएको छ ।