neapl investment mega bank
  • गृहपृष्ठ
  • युनाईटेड इन्स्योरेन्सको २७ औं बार्षिक साधारण सभा सम्पन्न

युनाईटेड इन्स्योरेन्सको २७ औं बार्षिक साधारण सभा सम्पन्न

Aug 16th, 2021

काठमाडौ, साउन ३२

युनाईटेड इन्स्योरेन्स कम्पनीको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही साउन ३१ गते भर्चुअल माध्यममार्फत बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६–०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको कम्पनीले जनाएको छ । साथै कम्पनीको आ. व ०७–०७८ को आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइयो ।

कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ आंै वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७ –०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमा शुल्क आर्जनमा ५१ दसमलव २५ प्रतिशतले वृद्धि गर्दे पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमामा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा तीन सय प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराए । कम्पनीको उक्त सफलतप्रति सम्पूर्ण शेयरधनीहरुले हर्ष व्यक्त गर्दै संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गरे ।

सोहि सभामा कुल बीमा शुल्क आम्दानी ६९ करोड ८९ लाख तीन हजार नौ सय ८३ आर्जन भएको र कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रुपैयाँमा दुई सय ४० प्रतिसतले बृद्धि गरी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुर्याईएको जाानकारी दिईयो । साथै कम्पनीले आर्थिक वर्ष ०७७ – ०७८ का लागि बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनीहरुबाट कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरियो तथा व्यवस्थापनबाट सोहि बमोजिम कार्य गरिने प्रतिवद्धता व्यक्त गरियो ।