neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोनाको जितसँगै सुखद सुरुवात

Aug 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ३२

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ ।घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसीडाडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे जेरार्ड पिकेले र सर्जी रोबर्टोले एक(एक गोल गरे ।सोसीडाडका जुलेन लोबेट र माइकल ओयार्जाबलले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो।खेलको १९ औं जेरार्ड पिकेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा मार्टिन ब्रेथवेटले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५९ औं मिनेटमा मार्टिन ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ८२ औँ मिनेटमा सोसीडाडका जुलेन लोबेटले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।

लगत्तै ८५ औँ मिनेटमा सोसीडाडका माइकल ओयार्जाबलले गोल गर्दे खेल ३-२ को स्थितिमा ल्याए ।

तर, इन्जुरी समयको पहिलो मिनेटमा सर्जी रोबर्टोले गोल गर्दे टोलीलाई ४-२ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले नयाँ सिजनको पहिलो खेलमा तीन अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ ।पराजित सोसीडाड अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi