neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युनाईटेडको जितमा ब्रुनोको ह्याट्रिक

Aug 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ३०

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाईटेडले सानदार जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले लीड्स युनाईटेडलाई ५-१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नांडीसले ह्याट्रिक गरे भने मेसन ग्रीनवुड र फ्रेडले एक-एक गोल गरे। लीड्स युनाईटेडका ल्यूक आयलिङले एक गोल गरेका थिए।

खेलको ३० औं मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४८ औं मिनेटमा लीड्स युनाईटेडका ल्यूक आयलिङले गोल गर्दै १-१ को बराबरीमा फर्काए ।

खेलको ५२ औं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।लगत्तै ५४ औं मिनेटमा फर्नांडीसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

खेलको ६० औं मिनेटमा फर्नांडीसले गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई ४-१ ले अघि बढाए।

त्यसपछि खेलको ६८ औं मिनेटमा फ्रेडले गोल गर्दै टोलीलाई ५-१ को सानदार जित दिलाए ।

जितसँगै म्यानचेस्टर युनाईटेडले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित लीड्स युनाईटेड अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi