neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलको पहिलो खेलमा आर्सनल पराजित

प्रिमियर लिग फुटबलको पहिलो खेलमा आर्सनल पराजित

Aug 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ३०

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ ।
घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा ब्रेनफोर्डले आर्सनललाई २-० गोलले पराजित गरेको हो।

ब्रेनफोर्डलाई जित दिलाउन सर्जी क्यानोस र क्रिश्चियन नर्गर्डले एक-एक गोल गरे ।

खेलको २२ औँ मिनेटमा सर्जी क्यानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ७३ औँ मिनेटमा क्रिश्चियन नर्गर्डले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै ब्रेन्टफोर्डले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित आर्सनल अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi