neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिजनको पहिलो खेलमा बायर्न बोरुसिया मोन्चेनग्लाडबाखसँग बराबरीमा रोकियो

सिजनको पहिलो खेलमा बायर्न बोरुसिया मोन्चेनग्लाडबाखसँग बराबरीमा रोकियो

Aug 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ३०

साविक विजेता जर्मन बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।शुक्रबार राति भएको खेलमा बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलमा बायर्नको लागि रोबर्टो लेवान्डोस्कीले एक गोल गरे भने बोरुसिया मोन्चेनग्लाडबाखका अलासेन प्लिआले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता बोरुसिया मोन्चेनग्लाडबाखले लिएको थियो । खेलको दशौं मिनेटमा बोरुसिया मोन्चेनग्लाडबाखका अलासेन प्लिआले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ४२ औँ मिनेटमा बायर्नका रोबर्टो लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

बराबरीसँगै बायर्नले पहिलो खेलमा एक अंक जोडेको छ ।मोन्चेनग्लाडबाखको पनि पहिलो खेलमा एक अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi