काठमाडौ, साउन २९
नेपाल राष्ट्र बैंकले चालुु आर्थिक बर्षमा मुुद्रा स्फीतिलाई छ दसमलव पाँच प्रतिसतमा सिमित राख्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आज शुक्रबार आर्थिक बर्ष २०७८–०७९ को लागि मौद्रिक नीति सार्वजनिक गर्दे उक्त घोषणा गरेका हुुन ।
मौद्रिक नीतिले आर्थिक पुनरोत्थानमा टेवा दिंदै उक्त आर्थिक मुुद्रा स्फीतिलाई नियन्त्रणमा राख्ने घोषणा गरेको हो । यसको लागि आव २०७८–०७९ मा कम्तीमा पनि सात महिनाको बस्तुु तथा सेवा आयात धान्नको लागि पर्याप्त हुुने बिदेशी मुद्राको सञ्चिती राखिने मौद्रिक नीतिमा उल्लेख छ ।