neapl investment mega bank
  • गृहपृष्ठ
  • शुक्रवार थप ३ हजार ९१५ जनामा कोरोना सङ्क्रमण, २११८ जना डिस्चार्ज, २७ को मृत्यु

शुक्रवार थप ३ हजार ९१५ जनामा कोरोना सङ्क्रमण, २११८ जना डिस्चार्ज, २७ को मृत्यु

Aug 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २९

शुक्रवार थप ३ हजार ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १८ हजार ५८२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख २८ हजार ५३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ५८२ जनाको परीक्षण भएको छ । हालसम्म ३७ लाख ४० हजार ८१७ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २११८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २११८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ७९ हजार ४९५ पुगेको छ ।

थप २७ को मृत्यु

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३९ पुगेको छ।