ललितपुर, २८ साउन
कोरोनाको तेस्रो लहर डेल्टा भेरियन्ट भित्रिएको, कोभिड-१९ को संक्रमण दर समेत पुनः बढ्दै गएकोले नागरिकको जन स्वास्थ्यलाई मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग बाडेगाउँ कार्यालय तथा मातहत कार्यालयहरूबाट “तपाईको मास्क खोई ? अनिवार्य मास्क लगाउनु है ” भन्ने नाराका साथ साप्ताहिक अभियानलाई निरन्तरता दिँदै मिति २०७८।०४।२८ गते बिहिबारको बिहान कार्यालय परिसर अगाडि बाँडेगाउ तथा टौखेल चोकमा हेल्प डेस्क मार्फत कार्यालयको जिम्मेवार ईलाकाको बढी भिडभाड हुने स्थानहरुमा कोरोना रोकथामको लागी जनचेतनामूलक अडियो प्रशारण गर्नुका साथै २०० थान मास्क बितरन गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजित कुमार ओझाले जानकारी दिनुभएको छ।
महानगरीय प्रहरी प्रभाग बाँडेगाउको बिशेष अनुरोध, सामाजिक दुरी कायम गरौ, सेनिटाईजर तथा मास्कको अनिवार्य प्रयोग गरौं, सभ्य नागरिकको परिचय दिऊ, कोभिड-१९ बाट बचौं र बचाऔ ।