neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी लाईफद्धारा “महालक्ष्मी बाल बचत बीमा योजना”प्रचलनमा

महालक्ष्मी लाईफद्धारा “महालक्ष्मी बाल बचत बीमा योजना”प्रचलनमा

Aug 12th, 2021

काठमाडौ, साउन २८

प्रत्येक आमाबावुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले एक समारोहका विच “महालक्ष्मी बाल बचत बीमा योजना” सार्वजनिक गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना विक्रि वितरणको लागि सुभारम्भ गर्नु भयो । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५% बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५% बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।