काठमाडौ, साउन २७
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाको साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको महाराजगंज शाखाको अगुवाईमा होटल शम्बला प्रा. लि.संग आज बुधबार सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटलका विभिन्न सेवाशुल्कहरुमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले फुुड एण्ड बेभरेज अधिकतम १५ प्रतिसत छुुट प्रांप्त गर्नुका साथै स्पामा १० प्रतिसत छुुट प्राप्त गर्न सक्नेछन । सम्झौतापत्रमा होटलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धर र बैंककातर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेका हुुन ।
देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।