neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दुई अर्ब लागतमा निर्माण भएको सुख्खा बन्दरगाहमा न कर्मचारीको टुंंगो नत सञ्चालनको मोडालिटी

दुई अर्ब लागतमा निर्माण भएको सुख्खा बन्दरगाहमा न कर्मचारीको टुंंगो नत सञ्चालनको मोडालिटी

Aug 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन २७

एक महिना अघि निर्माण सम्पन्न भएको चोभारको सुख्ख बन्दरगाहमा अहिलेसम्म आवश्यक कर्मचारी पुग्न सकेका छैनन् । यसका साथै यो कहिले देखि सञ्चालनमा आउँछ त भन्ने अहिलेसम्म टुंगो लाग्न पनि सकेको छैन ।

साथै अहिलेसम्म भन्सार जाचपास र क्वारेन्टीनको व्यवस्थापन कसरी गर्ने भन्ने निक्र्यौल हुन सकेको छैन ।

ठेकेदारले निर्माण सम्पन्न गरेर बुझाएको एक महिना बित्दासम्म यो कहिले देखि सञ्चालनमा आउँछ भन्नेमा सरकारी निकायसँग यतिबेला ठोस जवाफ छैन ।

अहिले काठमाडौैं ब्यापारको मूख्य क्षेत्र भएपनि यहाँ आउने सामानहरु बिरगञ्ज भन्सारमा जाच गराउनुपर्छ । जसका लागि सवारी साधनहरु दुई दिनसम्म भन्सार नाकामा बस्नु पर्ने स्थिती छ । चोभारमा हालैमात्रै निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाहको सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै काठमाडौं आउन पाउनेछन्, बिरगञ्जमा रोकिनु पर्नेछैन ।

निर्माण कम्पनीले सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गरेर बुझाएको अहिले एक महिना बित्यो । जसमा अहिले प्रशासनिक भवन, गोदाम, क्वारेन्टाइन भवन र पार्किङ स्थल सबैको निर्माण पुर्ण रुपमा सकिएको छ । तर, भन्सार विभागले यो बन्दरगाहमा के कसरी सामानको चाजपास गराउने र प्लान्ट क्वारेन्टिन तथा बिषादि व्यवस्थापन केन्द्रले क्वारेन्टीन के कसरी गर्ने भनेर टुंगो लगाउन नसक्दा अहिले यो सञ्चालनमा आउन सकेको छैन ।

भन्सार विभागले अहिलेसम्म यसका लागि आवश्यक कर्मचारी पनि पठाएको छैन । जसका कारण यो कहिले देखि सञ्चालनमा आउँछ त भन्ने सरकारी निकायसँग ठोस जवाफ छैन ।

सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै काठमाडौं आउन पाउनेछन । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुत मार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर ट्रान्जिट हब बनाउने भनिएको यो सुख्खा बन्दरगाहमा अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय राखिने भएको छ ।

हिमाल सिमेन्टको करिब ३० करोड रुपैयाँ बैंकको ऋण तिरेर सरकारले यो आयोजना निर्माण गर्न लागेको हो । ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने गरि निर्माण हुँदै गरेको यो बन्दरगाहमा बिश्व बैंकको १ अर्ब ६७ करोड ऋण सहयोगमा निर्माण गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi