neapl investment mega bank
  • गृहपृष्ठ
  • नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

Aug 10th, 2021

काठमाडौ, साउन २६

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । यही साउन १५ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन २०७८ साल भाद्र २५ गते होटेल सोल्टी, काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

उक्त सन्दर्भमा सो साधारण सभा सम्पन्न गर्नका लागि अनुमति पाउन मिति २०७८/०४/१९ मा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएकोमा सो कार्यालयले मिति २०७८/०४/१९ मा कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहर समेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सुचना जारी गरेको सन्दर्भमा नाडाले सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको नाडाले जनाएको छ ।