काठमाडौ, साउन २६
नेप्से एकै दिन ५१ अंकले बढेको छ । आज मंगलबार नेप्से ५१ दसमलव ८६ अंकले बढेर तीन हजार एक सय ६१ दसमलव ४४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १२ अंकले बढेर पाँच सय ८७ दमसलव ९५ अंकमा चढेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख ६३ हजार नौं सय ६९ पटकको कारोवारमा तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा आज तीन वटा समुहको सुचक घटेर १० वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३९ दसमलव चार अंकले बढेर दुुई हजार एक सय २९ दसमलव ७६ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।
टे«डिङ, होटल तथा पर्यटन र जलबिद्युत समुहहरुको सुचक भने आज घटेकाछन । आज बढी कमाउने कम्पनीहरुको सुचीमा सेन्ट्रल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा साञ्जेन जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपरतामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।