neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मैत्रीपूर्ण खेलमा लिभरपुलको सहज जित

Aug 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २६

लिभरपुलले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।सोमबार राति सम्पन्न भएको खेलमा लिभरपुलले ओसासुनालाई ३-१ गोलले पराजित गरेको हो ।

एनफिल्ड स्टडीएममा लिभरपुललाई जित दिलाउन रोबर्टो फर्मिनोले दुई गोल गरे ।लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ओसासुनाका किकेले एक गोल फर्काए ।

लिभरपुलले खेलको १४ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो ।ओसासुनाका जेसुस एरिसोले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

खेलको २१ औँ मिनेटमा रोबर्टो फर्मिनोले गोल गर्दै टोलिको अग्रता दोब्बर बनाए ।

खेलको ४१ औँ मिनेटमा फर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ७० औँ मिनेटमा ओसासुनाका किकेले एक गोल फर्काएका थिए।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi