neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मिलानसँग बराबरीमा रोकियो रियल

Aug 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २५

प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा रियल मड्रिड एसी मिलानसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले मिलानसँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा दुवै टोलीको पटक पटकको प्रयास असफल भएपछि खेल गोलरहित बराबरीमा सकिएको हो।

त्यस्तै मैत्रीपूर्ण खेल अन्तर्गत  अर्को खेलमा एट्लेटिको मड्रिड डच क्लब फेएनोर्डसँग पराजित भएको छ ।एट्लेटिको मड्रिडलाई फेएनोर्डले २-१ गोल अन्तरले पराजित गरेको हो ।

फेएनोर्डलाई जित दिलाउन ब्रायन लिन्सेन र नौफल बन्नीसले एक-एक गोल गरे । एट्लेटिको मड्रिडका एन्जल कोरयाले एक गोल फर्काएका थिए।

खेलको ४१ औँ मिनेटमा एट्लेटिको मड्रिड १० खेलाडीमा समटिएको थियो । यानिक क्यारास्कोले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा फेएनोर्डले उठायो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi