neapl investment mega bank

नेप्सेमा शुन्य दसमलव ६६ अंकले सुधार

Aug 8th, 2021

काठमाडौ, साउन २४

नेप्सेमा सुधार देखिएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से शुन्य दसमलव ६६ अंकले बढेर तीन हजार एक सय आठ दसमलव १२ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७८ अंकले बढेर पाँच सय ७८ दसमलव नौ अंकमा चढेको छ । दुुई सय २७ वटा कम्पनीहरुको एक लाख २६ हजार नौ सय २४ वटा कम्पनीहरुको दुुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव आठ अंकले बढेर दुई हजार एक सय दुुई दसमलव ८७ अंकमा पुग्दा बिकास बैंंक, जलबिद्युुत, फाईनान्स, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने दुुई सय दुई दसमलव ७९ अंकले घटेर १४ हजार चार सय ४८ दसमलव ९९ अंकमा पुग्दा जीवन बीमा, लघुुबित्त, टे«डिङ, होटल तथा पर्यटन, अन्य र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा अपी पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा पनि अपी पावर कम्पनी परेको छ ।