आधारभूमि संवाददाता
काठमाडौ, साउन २४
साताको पहिलो दिन सुनको मूल्य घटेको छ । शुक्रवार तोलामा ९१ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १ हजार ५०० ले घटेर ९० हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ प्रतितोला १ हजार ४५० ले घटेर ८९ हजार ५५० मा कारोवार भएको छ । यस अघि शुक्रवार तेजावी सुन रु ९१ हजारमा कारोवार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला रु २५ ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार २४० तोकेको छ । यस अघि शुक्रबार चाँदी प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो ।