काठमाडौ, साउन २२
नेपाल चेम्वर अफ कर्मसले सूचना प्रविधि समिति गठन गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य श्रीमति रत्न तारा तुलाधरको सभापतित्वमा चेम्बर अन्र्तगत गठित सूचना प्रविधि समितिको सल्लाहकारमा मनोनयन भएका बिनोद ढकाल, दीपेश प्रधान तथा सदस्यहरुमा क्रमश प्रदीप लामिछाने, अकवर हुसेन, संजीव कुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त वराल नबिन जोशी लाई मनोनयन पत्र प्रदान गरेका हुुन ।
उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले यस क्षेत्रको प्रवद्र्धनका लागि सूचना प्रविधि क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नुपर्ने बताउँदै यस समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हाशिल गरेका व्यक्तिहरु प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।