neapl investment mega bank
  • गृहपृष्ठ
  • बिहीबार थप ३ हजार ९३८ जनामा कोरोना सङ्क्रमण, २०१२ जना डिस्चार्ज, ३७ को मृत्यु

बिहीबार थप ३ हजार ९३८ जनामा कोरोना सङ्क्रमण, २०१२ जना डिस्चार्ज, ३७ को मृत्यु

Aug 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २१

बिहीबार थप ३ हजार ९३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १८ हजार ४०८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८ हजार ७९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ४०८ जनाको परीक्षण भएको छ । हालसम्म ३६ लाख ५६ हजार ३४२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २०१२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २०१२ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ६३ हजार ६६३ पुगेको छ ।

थप ३७ को मृत्यु

पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ९९४ पुगेको छ।