neapl investment mega bank
  • गृहपृष्ठ
  • महानगरपालिकाद्धारा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कार्यविधि पारित

महानगरपालिकाद्धारा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कार्यविधि पारित

Aug 5th, 2021

काठमाडौँ, २१ साउन
नगरस्तरीय मानव बेचविखन तथा ओसारपसार विरुद्धको कार्यविधि काठमाडौँ महानगरपालिकाको कार्यपालिकाले पारित गरेको छ । कामनपा नगरप्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा मंगलबार बसेको ६६ औं कार्यपालिका बैठकद्धारा कार्यविधि पारित भएको हो ।

शहरी क्षेत्रबाट हुन सक्ने मानव बेचविखन तथा ओसारपासर सम्बन्धि अपराधिक गतिविधि विरुद्ध नियन्त्रण गर्न नगर स्तरीय कार्यविधि फलदायि हुने कामनपा प्रमुख विद्या सुन्दर शाक्यले बताउनु भयो । कार्यविधि तयार गर्न प्राविधिमा सहयोग हाम्रो सम्मान परियोजना अन्तर्गत शान्ति फाउण्डेशनले गरेको थियो ।

यस अघि सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन र २०६५ सालमा नियमावली ल्याइ २०७० मा कार्यविधि जारी गरिससकेको छ ।