neapl investment mega bank
  • गृहपृष्ठ
  • २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

Aug 3rd, 2021

वासिङ्टन, १९ साउन /रासस/सिन्ह्वा

अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।

उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो । अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ ।

अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भन्नुभएको छ, हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ । ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिनुभएको छ । उहाँका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिनुभयो ।