काठमाडौ, साउन १८
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त जन उत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । उक्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रममा खसेर निधन भएको थियो ।
उनले दुुई वटा सामान्य र एउटा मौसमी गरी तीन वटा ऋण उपभोग गरेकी थिइन । शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबिच बीमाबाट छ लाख ४३ हजार रकम पाउनु पर्ने भए पनि संस्थाबाट लिएको ऋण एक लाख ५८ हजार तीन सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोज बहादुर खड्काको समन्वयमा परियारको श्रीमान रवि परियारलाई चार लाख ८४ हजार छ सय ४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरिएको हो । सभामा बोल्दै खड्काले आफुहरुले बिमा दाबीबापतको रकमलाई समयमै हस्तान्तरण गर्दै आएकाले रकम बैशाखमै बीमा कम्पनीले जनउत्थानलाई हस्तान्तरण गरी सकेकोले कोभिडका कारण ढिलाई भएको बताएका छन् ।
परियारको श्रीमान रवि परियारलाई उनको अबको पारिवारिक जिम्मेवारी बारे सम्झना गराउँदै स्व. रुपा परियारको फोटोमाथि फूल अर्पण गरेका थिए । जनउत्थानका केन्द्रिय पम्रुख भगवती भण्डारीले स्व. रुपा परियार संस्थामा कार्यरत एक ईमानदा रप्रतिनिधि रहेकाले आफुहरुले संस्थाको एक परिवार सदस्य गुमाएकाले कोभिड–१९ का कारण सरकारले कुनै प्रकारको गोष्ठी, सभा नगर्न नगराउन आदेश गरी सके पश्चात समयमै रकम हस्तान्तरण गर्न कठिनाई भएको जानकारी दिएका थिए । २ जना छोरा रहेकी परियार २०७६ बैशाख ९ गते संस्थामा आबद्ध भएकीथिइन ।
उक्त रकम हन्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, मानव संसाधन प्रमुख इन्द्र बराली, आलेप प्रमुख बसन्त बच्भैया, क्षेत्रीय कार्यालय कोहलपुरका अनुगमन अधिकृत मधु कुँवर, शाखा पम्रुख रमेश सुनार, कर्मचारी आयुष न्यौपाने, सावित रामथारु, कृष्ण पस्र ादथारु, बिशाल शोव र जन उत्थानका अन्य प्रतिनिधि, परियारका आफन्त, पत्रकार लगायत उपस्थित भएका थिए ।