neapl investment mega bank
  • गृहपृष्ठ
  • खाने तेलमा जनता मारमा ,ब्यापारी मालामाल, भारतको भन्सार छुटले झनै लाभमाथि लाभ

खाने तेलमा जनता मारमा ,ब्यापारी मालामाल, भारतको भन्सार छुटले झनै लाभमाथि लाभ

Aug 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन १८

खाने तेलको भाउ एकाएक बढाएर ब्यापारी मालामाल भएका छन् । जनता भने चर्काे मूल्य तीन पर्दा मारमा परेका छन् । ब्यापारीलाई ग्राहकबाट चर्काे मूल्य असुलेर त छदैछ भारतमा निर्यात गरेर पनि मनग्य आम्दानी गर्ने अवसर मिलेको छ।

भारतले अन्य देशबाट आयात हुने कृषिजन्य बस्तुमा ४० प्रतिशत कर लगाउने गरेको छ । तर , नेपालबाट प्रशोधन गरेर पठाएको यस्तो तेलमा भने कुनै भन्सार लाग्दैन । त्यसैले अहिले नेपालमा तेल ब्यापारीले अन्य देशबाट तेलको कच्चा पदार्थ लिएर प्रशोधन गरि स्वदेशका ग्राहकसँग त चर्काे मूल्य असुलेकै छन्, भारत निकासी गरेर पनि लाभ लिएका छन् ।

देशमा उत्पादित भटमास आन्तरिक खपतकै लागि अपुग हुने बेलामा ५३ अर्ब बराबरको भटमासको तेल निर्यात भएको छ ।

भन्सार विभागका अनुसार भटमासको तेल निर्यात गत वर्षको तुलनामा ३ सय २२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा १२ अर्ब ६९ करोडको भटमासको तेल निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो निर्यात बढेर ५३ अर्ब पुगेको हो ।

विभागका अनुसार गत वर्ष १८ अर्बको भटमासको कच्चा तेल आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात १ सय ८५ प्रतिशतले बढेर ५३ अर्ब ३८ करोड पुगेको छ । सिमा क्षेत्रमा खुलेका प्रशोधन केन्द्रले भटमासको कच्चा तेल आयात गरि त्यसलाई प्रशोधन गरेर भारत पठाउने गरेकाले भटमासको कच्चा तेल आयात ह्वात्तै बृद्धि भएको देखिएको हो ।

उच्च निर्यात हुने बस्तु तथा निर्यात बृद्धि हुने ५ बस्तुको सूचिमा भटमासको तेल पहिलो स्थानमा रहेको छ । त्यस्तै आयात हुने बस्तुको तेस्रो सूचिमा पनि यहि तेलको लागि आवश्यक कच्चा तेल रहेको देखिन्छ ।

यसले केहि ब्यापारीलाई मनग्य कमाउन सहयोग गरेको छ । यसबाहेक यसले खास कुनै किसिमको लाभ दिन सकेको छैन ।

आन्तरिक कच्चा पदार्थको आधारमा निर्माण हुने बस्तुको साटो भारतले दिएको छुटको लाभ लिएर ब्यापारीले कमाउन खोजेका छन् । ब्यापारीको यस्तो प्रवृतिले भोलिका दिनमा यहिकै कच्चा पदार्थबाट उत्पादित बस्तुले पनि भारत सरकारले दिने छुट नपाउने जोखिम छ ।