neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुरस्कारको रकम गरिब तथा विपन्न नागरिकको उपचारमा खर्च

पुरस्कारको रकम गरिब तथा विपन्न नागरिकको उपचारमा खर्च

Aug 1st, 2021

काठमाडौँ, १७ साउन /रासस

सशस्त्र प्रहरी बल अस्पतालका डा रोशनकुमार झाले पुरस्कारस्वरूप प्राप्त गरेको रकम गरिब तथा विपन्न परिवारको उपचारका लागि खर्च गर्ने हुनुभएको छ । बारबरा फाउण्डेशनले शनिबार पुरस्कारसहित सम्मान गरेको रकम डा झाले ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत गरिब तथा विपन्न व्यक्तिको कोरोना उपचारका लागि खर्च गर्ने घोषणा गर्नुभएको हो । डा झाले शनिबार रु एक लाख ८७ हजार ५०० को पुरस्कार प्राप्त गर्नुभएको थियो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि लायन्स क्बल अफ काठमाडौँ समर्पणको सहकार्यमा ललितपुरको रविभवनमा स्थापना गरिएको ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत गरिब, विपन्न तथा असाहय व्यक्तिको उपचारमा खर्च गर्ने उहाँले घोषणा गर्नुभएको हो ।

“जे एण्ड जे क्लिनिकमा कोभिडका साथसाथै मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी रोगका गरिब तथा विपन्न नागरिकले निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्”, डा झाले भन्नुभयो । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका प्रहरी नायब उपरीक्षकसमेत रहनुभएका डा झाले कोभिडको समयमा हजारौँ कोभिड बिरामीको उपचारसमेत गर्दै आउनुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi