neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा बायर्न नापोलीसँग पराजित

मैत्रीपूर्ण खेलमा बायर्न नापोलीसँग पराजित

Aug 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १७

जर्मन क्लब बायर्न म्युनिखले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा हार ब्यवरेको छ ।शनिबार राति भएको खेलमा नापोलीले बायर्न म्युनिखलाई ३-० गोलले पराजित गरेको हो ।

नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुई गोल गरे भने जिनेदिन मचाचले एक गोल गरे। नापोलीले सबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६९ औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

लगत्तै ७१ औं मिनेटमा भिक्टर ओसिम्हेनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ८५ औं मिनेटमा जिनेदिन मचाचले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi