neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ओलम्पिक फुटबल : स्पेन सेमिफाइनलमा

Jul 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १६

स्पेन टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार सम्पन्न भएको खेलमा स्पेनको यू-२३ टोलीले आइभरी कोस्टको यू-२३ टोलीलाई ५-२ गोलले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन रफा मीरले ह्याट्रिक गरे भने डानिल ओल्मो र मिकेल ओयर्जबलले एक एक गोल गरे ।आइभरी कोस्टका एरिक बेली र म्याक्स ग्रेडेल एक एक गोल गरे ।

जितसँगै स्पेन टोकियो ओलम्पिकको सेमिफाइनलमा प्रवेश गरेको छ ।स्पेन २१ बर्ष पछि पहिलो पटक ओलम्पिकको सेमिफाइनलमा पुगेको हो ।स्पेनले अब सेमिफाइनलमा जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi