आधारभूमि संवाददाता
काठमाडौं, साउन १६
ललितपुको नेकपा एमाले महालक्ष्मी नगरकमिटीको सचिवमा विनोद कँडेल चयन भएका छन् । नेकपा एमाले महालक्ष्मी नगरकमिटीको पहिलो बैठकले कँडेल सचिव पदमा चयन भएका हुन् ।
नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य तथा महालक्ष्मी नगरकमिटीका अध्यक्ष हरि गोविन्द श्रेष्ठ लगायत जिल्ला कमिटी तथा नेकपा एमाले महालक्ष्मी नगरकमिटीका सदस्यहरुले शुभकामना दिएका थिए ।