आधारभूमि संवाददाता
काठमाडौँ, १५ साउन
ललितपुरको महालक्ष्मी मा.वि. लुभुमा नेकपा एमाले महालक्ष्मी नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । नेकपा एमाले २ नंं. क्षेत्रीय अध्यक्ष अष्टवीर व्यञ्जनकारले नेकपा एमाले बाट बाटो बिराएर गएका नेकपा एमालेका केही नेताहरु दाउराको गोल जस्तै भएको आगामी ३ महिना पछि दाउराको खरानी जस्तै हुने बताए । अर्का ललितपुर नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा महालक्ष्मी नगर कमिटी अध्यक्ष हरि गोविन्द श्रेष्ठले नेकपा एमाले माउ पार्टी हो ।
माउ पार्टी छोडेर काँग्रेसलाई प्रधानमन्त्री बनाउने नेकपा एमालेका केही नेता दाउराको गोल जस्तै हुन पछि खरानी जस्तै बन्दा पछुताएर माउ पार्टीमा आउने बताए । बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य राम राउतले समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए ।
बैठकले हाल जिल्ला कमिटीको बैठकबाट ललितपुर क्षेत्र नं. २ युवासंघ क्षेत्रीय संयोजक माधव श्री माली, महालक्ष्मी नगर कमिटी इन्चार्ज सुजन श्रेष्ठ तथा युवा संघ महालक्ष्मीनगर संयोजक शुजित बस्नेतलाई नेकपा एमाले ललितपुर क्षेत्र नं. २ का अध्यक्ष अष्टबीर व्यञ्जनकारले खादा ओढाई सम्मान गर्नुका साथै नेकपा एमाले महालक्ष्मी १७ नगरसदस्यीय सचिवालय सदस्य बनाउने र छिट्टै १ देखि १० नै वडामा बैठक बसी हाल सम्म भएका सदस्यता नविकरण गर्ने र नयाँ सदस्य बनाउने र छिट्टै १ देखि १० नै वडामा बैठक बसी हाल सम्म भएका सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता बितरण गर्ने सर्वसम्मत पारीत गरी आगामी श्रावण २६ गते भित्र नयाँ सदस्यता बनाउने वितरण गर्ने भाद्र १५ गते भित्र ७७ जिल्लामा महाधिवेशनमा जाने नेकपा एमाले नेता हरि गोविन्द श्रेष्ठले बैठकमा जानकारी गराए ।